Author Archives: MTV NEPAL

संसद् भवनका लागि महानगरले जग्गा उपलब्ध गराउने

प्रदेश नम्बर १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । महानगर परिषद्को बोर्ड बैठकले विराटनगर–८ स्थित हाट खोला मैदानमा संसद् भवन निर्माण गर्न डेढ विगाहा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को संसद् बैठक जिल्ला समन्वय समितिको हलमा बस्दै ...

Read More »

इङ्गलिस प्रिमियर लिगमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् । लिग अन्तर्गत गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४÷१ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फर्मीनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्याम युनाईटेडका लागि मिचेल एन्टोनियोले एक गोल ...

Read More »

स्वारेजले ह्याट्रिक गर्दा बार्सिलोना विजयि

१३ फागुन, काठमाडौं । लुइस स्वारेजको ह्याट्रिक सँगै स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६÷१ गोल अन्तरले हराएको छ । बार्सिलोनाकै जितमा लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपेपछि बार्सिलोना ६÷१ ले विजयि भएको हो । खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल ...

Read More »

सीरियामा युद्धविरामको सहमति

सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र मेडिकल सुविधा पुर्याउने विषयमा भोटिङ गरेका छन् । सीरियाको राजधानी नजिकको गुटा क्षेत्रमा सीरियाका सेनाले बमबारी गरेपछि धेरै सर्वसाधारण मारिएका थिए । यस कारवाहीलाई रोक्ने उद्देश्यले सुरक्षा परिषदमा भोटिङ ...

Read More »

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन

हृदयाघातका कारण बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । उनको गएराति दुबईमा निधन भएको हो । १३ अगस्ट १९६३ मा श्रीदेवीको जन्म तमिलनाडुमा भएको थियो । चार वर्षको उमेरबाट नै आफ्नो करियर सुरु गरेकी उनको पहिलो फिल्म ‘कन्धन करुणई’ थियो । उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा ...

Read More »

आज पश्चिम तथा मध्य क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

आज पश्चिम तथा मध्य नेपालका धेरैजसो क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानीपर्ने संभावना रहेको छ । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । मौसमविद विभूति पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको हो । ...

Read More »

विश्वकप छनौट खेल्न नेपाली टोली जिम्बावे जाँदै

विश्वकप छनौट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाँदैछ । जिम्बावेमा एकदिवशीय विश्वकप छनौट खेल्न लागेको नेपाली क्रिकेट टिमले सुपर सिक्समा पुग्ने पहिलो लक्ष्य राखेको छ । टिमका प्रशिक्षक जगत टमाटाले विश्वकप खेल्ने नेपाली टोलीको सपना रहेपनि पहिलो लक्ष्य भनेको सुपर सिक्समा रहने रहेको बताए । नेपालले नामिबिया बाट फर्किएपछि पहिलो ...

Read More »

नेपालले विद्युतीय लाइनमार्फत चीन र भारतलाई जोड्ने

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । पूर्वको किमाथांकाबाट चीन ...

Read More »

मोगादिसुमा दुई बम विस्फोट हुँदा १८ को मृत्यु

। मोगादिसुमा शुक्रबार दुई वटा बम विस्फोटन हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् । एम्बुलेन्सका निर्देशक अब्दुकादीर अब्दीरहमानले दुई वटा बम विस्फोटनमा परी १८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँले एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको पनि ...

Read More »

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ‘ माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com