। मोगादिसुमा शुक्रबार दुई वटा बम विस्फोटन हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् । एम्बुलेन्सका निर्देशक अब्दुकादीर अब्दीरहमानले दुई वटा बम विस्फोटनमा परी १८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँले एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको पनि बताउनुभयो । “हामीले १८ वटा शव भेटेका छौं, अरु २० जना घाइते भएका छन्, उनीहरुलाई सहरका विभिन्न अस्पतालहरुमा पठाइएको छ,” उहाँले भन्नुभयो । सोमालियाको सुरक्षा फौजले राष्ट्रपति कार्यालयमा गर्न लागेको विस्फोटनलाई असफल पारेको अधिकारीले बताएका छन् ।पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुका ६ बजे भएको थियो भने दोस्रो विस्फोटन त्यसको केही समयपछि सोमालियाको भिल्ला भन्ने स्थानमा भएको थियो ।

English
MTV NEPAL MTVNEPAL


