यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परि मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (आज) ढाका लगिँदैछ । ती शवहरुलाई बंगलादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने भएको छ । यूएस बंगला एयरलाइन्सको ...
Read More »Author Archives: MTV NEPAL
नेपाली क्रिकेट टोली आज नेपाल आउँदै
एकदिवसिय क्रिकेटमा आगामी चार वर्षका लागी मान्यता पाएको नेपाली क्रिकेट टोलि आज नेपाल फर्किदैछ । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको हो ।। विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको ...
Read More »सनराइज बैंकको काउण्टरबाट चोरी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेरोफेरोमा रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । कार्यालय समयमा कर्मचारी आउँदा बैंकको काउण्टरको ढोका फोडेर चोरी भएको थाहा भएको हो । कार्यलयमा जम्मा भएको नगद दैनिक जसो कर्मचारीले बोकेर बैंकको प्रमुख शाखा कार्यालयमा जम्मा गर्ने गरेकाले नगद भने चोरी नभएको आशंका ...
Read More »३ लाख बढि भूकम्प प्रभावित दोस्रो किस्ताका लागि योग्य
पुननिर्माणमा रहेका तीन लाख भन्दा बढी घर भूकम्प प्रभावित दोस्रो किस्ताका लागि योग्य भएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ । प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट ...
Read More »इंग्लिस फुटबल प्रतियोगिता एफए कप सेमिफाइनलको ड्र सार्वजनिक
एफए कप सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्ने भएको छ । इंग्लिस फुटबल प्रतियोगिताको खेलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले गएराति लेस्टर सिटीलाई हराएको थियो भने साउथह्याम्पटनले विगान एथ्लेटिकलाई पराजित गरेको थियो । ड्र ...
Read More »त्रिशुली नदीमा पुल निर्माणको काम तिव्र
मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको कामले तिव्रता लिएको छ । नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । २०७१ साल फागुनबाट ...
Read More »रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन विजयी
रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा पुटिन धेरै मतअन्तरले विजयी भएका हुन् । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले जनाएको छ । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ ...
Read More »संविधान संशोधनमा सहमति भएपछि मात्रै सरकारमा जानेः फोरम
सरकारमा जाने विषयमा संघीय समाजवादी फोरमले संविधान संशोधनको विषय टुंगो लगाउनुपर्ने बताएको छ । आइतबार बसेको फोरमको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सारेको हो । प्रधानमन्त्री ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने अडान दोहोर्याइरहेका बेला फोरमले यस्तो ...
Read More »नागरिक लगानी कोषमा संचित रकम एक खर्ब बढी
नागरिक लगानी कोषमा संकलित रकम एक खर्ब भन्दा बढि पुगेकोे छ । नागरिक लगानी कोषको २८ औं वर्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा कोषमा संचित रकम एक खर्व नागेको जानकारी दिएको हो । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्व एक अर्व ४६ करोड ७७ लाख ...
Read More »रियलको जितमा रोनाल्डोको ५० औं ह्याट्रिक
क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन सँगै स्पेनिस ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियल मड्रिडले आफनो खेल जितेको छ । गिरोना विरुद्धको खेलमा रोनाल्डोले रियलका लागि ४ गोल गरे । रियलले ६–३ गोल अन्तरले गिरोनालाई हराँउदै बाँकी गोल भने गोल ग्यारेथ बेल र भाज्क्वेजले गरे । खेलको ११ औं मिनेटमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL