Author Archives: MTV NEPAL

बस दुर्घटनामा सातको मृत्यु, कैयौं घाइते मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा  कैयौं  घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर ...

Read More »

नेपालमा पैतिस हजार नयाँ क्षयरोगी थपिन सक्ने क्षयरोगबाट वर्षेनी सात हजारको मृत्युहुने गरेको तथ्यांक

नेपालमा झण्डै ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्याङ्ग राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कबिहीन रहेको केन्द्रका निर्देशक डा। केदार नरसिङ्ग केसीले बताउनुभएको हो ...

Read More »

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’ मेशिन थप नभएकाले समय लागेको

ललितपुर । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण ...

Read More »

प्रदर्शनकारीले प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा कालोमोसो दले

भक्तपुरमा ३ नं. नम्बर प्रदेशको राजधानी माग गर्दै आन्दोलनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् स्थानीय विकास तथा संघिय मामिला मन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्विरमा कालोमोसो दलेका छन् । शुक्रबार दिउसों मध्यपुर थिमी बाह्खा बजारमा आन्दोलनकारीहरुले तीन नेताको तस्बिरमा कालोमोसो दली आगो लगाई बिरोध जनाएका छन् । ...

Read More »

प्रदेश प्रमुखले लिए शपथ, यस्तो छ काम र सेवा सुविधा राष्ट्रपतिले प्रदेश प्रमुखलाई जुनसुकै बेला फिर्ता बोलाउन पनि सक्ने

  सात वटै प्रदेशका प्रमुखले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा अायोजित एक कार्यक्रमकाबीच उनीहरूले शपथ लिएका हुन् ।  प्रदेशको नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश ४ को प्रमुखमा बाबुराम कुँवर, प्रदेश ५ को ...

Read More »

भक्तपुरबाट कोटेश्वरसम्म सुरुङमार्ग बनाइने स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको

बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । सवारी जामले सडक अस्तव्यस्त भएको भन्दै कोटेश्वर चोकबाट सूर्यविनायकसम्म सुरुङमार्ग निर्माण गरिने भएको छ । अत्याधिक सवारीको आगमन हुने भएकोले जामको सास्ती पनि उत्तिकै मात्रामा पर्ने भएकोले त्यसबाट छुटकारा दिलाउने उद्देश्यले सुरुङमार्गको तयारी सुरु ...

Read More »

मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप भोलिदेखि

सुनसरी, माघ ५ । सुनसरीको इटहरीमा शनिबार (भोलि)देखि सुरु हुने प्रथम मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । भारत र भुटानका १–१ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ ...

Read More »

सेयर कारोवार रकम घट्यो

काठमाडौं, ५ माघ । यो साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको १२७२८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार गत हप्ता भन्दा ३५.९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीहरुको ...

Read More »

२ किलो लागू औषध कोकेनसहित २ जना विदेशी नागरिक पक्राउ बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको

करिव २ किलो लागू औषध कोकेनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् ।  नेपाल प्रहरीले १ किलो ९ सय ५८ ग्राम कोकिनसहित बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निज दुवैले सो परिणामको ...

Read More »

दक्षिण कोरियामा उत्तर कोरियाली महिलालाई भ्रमण खुला

सोल, माघ ५ । उत्तर कोरियाली महिला अधिकारीलाई चार वर्षपछि दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com