महानगरिय प्रहरी परिसरको भवन भृकुटी मण्डपमा निर्माण हुने ।

काठमाडौं, २४ भदौ  ,प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।शिलान्यासपछि नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा खनालले सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम हुने गरी निर्माण गरिने बताउनुभयो । विगत २५ वर्षदेखि कार्य गर्दै आएको पुलिस क्लवले आगामी दिनमा अपेक्षा अनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महानिरीक्षक खनालले सुन्दर भवनसँगै प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् ईमान्दारिताका साथ सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नु भयो । भवन निर्माणको क्रममा कुनै पनि किसिमको अनियमितता नहुने बताउँदै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा आग्रह गर्नुभयो ।
अपराध महाशाखा तथा परिसरमा कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना समेत उक्त नयाँ भवनमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानून सम्मत, सेवाग्राहीमैत्री र पारदर्शी रुपमा गर्नुपर्ने बताउँनुभयो । अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने चर्चा गर्दै खनालले भन्नुभयो, प्रहरी कार्यालयमा आउने व्यक्तिलाई शंकाको दृष्टिले होइन असल नियतले आएको भन्ने बनाउनु पर्ने उल्लेख गर्नु भयो । सूचना दिन आउनेलाई छुट्टै डेस्कको निर्माण गर्न लागिएको जानकारी दिनु भयो।
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गर्दै उहाँले यस अन्तर्गत विभिन्न समिति र स्थानीय तहसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । महिला हिंसा, बालबालिकामाथि हुने अन्याय, साइबर अपराध सँगसँगै मानव बेचबिखन जस्ता अपराध निस्तेज पार्न नेपाल प्रहरी संवेदनशील भएर अगाडि बढेको र सरोकारवाला निकायहरुसँग सहकार्य एवम् समन्वय गर्दै जानेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लोकेशचन्द्र सिंहले निर्माण हुने भौतिक संरचनाका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै शिलान्यास सम्पन्न निर्माण योजनाहरुलाई तोकिएको समयमै गुणस्तर सहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विगतको भन्दा उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । २६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने छ । सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ ।
उक्त भवन नेपाल पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको मुख्य हल र अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ । भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु तथा जवानहरु लगायतको उपस्थिति थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com