काठमाडौं,२२ भदौ । विगत १५ महिना देखि रोकिएको मलेशियाको रोजगारी खुल्ने सम्भावना बढेको छ । केही समय पहिले मलेशियन सरकारले नेपाली कामदार पठाउन नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि त्यसको जवाफमा नेपाल सरकारले सह–सचिवको नेतृत्वमा चार सदस्यीय टोली मलेशिया पठाएको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिवद्वय राम प्रसाद घिमिरेको नेतृत्वमा उमेश ढुङ्गाना र उप–सचिव दिपक पौडेल,परराष्ट्र मन्त्रालयबाट तापस अधिकारी र कानून मन्त्रालयबाट १ जना सह–सचिव २२ गते आइतबार मलेशिया प्रस्थान गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोज पोखरेलले यो हप्ता मलेशियाको रोजगारी खुल्ने सम्भावना रहेको जानकारी दिनु भयो । संघको आगामी असोज ७ गते हुन गइरहेको महाधिवेसनमा अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको जानकारी समेत महासचिव पोखरेलले मिथिला टेलीभीजनलाई दिनु भयो ।

English
MTV NEPAL MTVNEPAL


