नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ ।
१९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम, २०८० सालमा मध्य पश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेका छन् ।
नेपालको ईतिहासमा १९९० माघ २ गते गएकोे भुकुम्पलाई अहिलेसम्मकै भयानक भुकम्प मानिन्छ ।
सोही दिनको देशले व्यहोरेको क्षति नेपालको ईतिहासमा पुनः नदाहोेरिओस् र अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर हरेक वर्ष माघ २ गतेका दिन भुकम्प स्मृति सभाको आयोजना गरि सचेतना जगाउने गरिन्छ । यस वर्ष पनि काठमाडौं महानगरपालिकाको आयोजनामा नयाँ सडकस्थित भूगोल पार्कमा २६ औ भूकम्प स्मृति सभा सम्पन्न गरिएको छ ।
विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरुको सवलीकरण, खुला ठाउँको संरक्षण, विपद सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको बताउनुभयो ।
विपदका कार्यक्रममध्ये काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका पूर्व तयारी, पुनःनिर्माण र पुनःलाभका कार्यक्रम र यी कार्यक्रम सञ्चालन गर्न अबलम्बन गरिएको समन्वयनको पक्षको सिकाइ अन्य पालिकामा प्रबर्धन गर्नु पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले धारणा थियो ।
काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन ऐन जारी गरिसकेको छ । यसले पूर्वतयारी, प्रतिकार्य र पुनःलाभका लागि काम गर्ने दिशा निर्देश गरेको छ ।।

English
MTV NEPAL MTVNEPAL


