‘प्रहरी मेरो साथी’ एक ताका निकै चर्चित बनेको यो नारा अहिले केवल नारामै सिमित छ । अहिले शर्वसाधारण तिनै साथी नामका प्रहरीदेखि भाग्ने स्थिति आएको छ । विशेषगरि ट्राफिक प्रहरीको व्यवहारबाट आजित छन् जनता …तर उपत्यका ट्राफिक प्ररी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक तथा प्रवक्ता जिवन कुमार श्रेष्ठले भने आफुहरु आम जनताकै साथी रहेको बताउनुहुन्छ । त्यति मात्रै होई गल्ति नगर्ने कसैले पनि प्रहरीसंग डराउनुपर्ने आवश्यकता नरहेको उहाँको भनाईं छ । “गल्ति गर्नेले मात्र हो प्रहरीसंग डराउनुपर्ने र डराउनुपर्छ ,कुनैपनि गल्ति नै गरेको छैन भने कि डराउनु ,हामी यहाँहरुकै सेवाका लागि खटिएका हौं । ” त्यसोभए प्रवक्ता ज्यु अब आफ्नो सहजताका लागि भनेर सवारी साधनको प्रयोग गर्नु नै गल्ति हो त ?
प्रहरी देखेर कोही सवारी चालक या यात्रु डराई रहेको छ भने त्यो आफुहरु अर्थात ट्राफिक प्रहरीको खोजिको विषय रहेको उहाँको भनाईं छ । कुनैपनि सवारी चालक÷यात्रुको मर्का त के एउटा कुरासम्म पनि नसुनी यहाँहरुलाई चिट काट्न हतार हुन्छ अनि असहजता यहाँहरुले कतिबेला बुझ्नुहुन्छ प्रवक्ता ज्यु ?
पछिल्लो समय नेपालका हुने दुर्घटनाका घटनाहरुमा केहि ट्राफिक प्रहरीको अनावश्यक केरकारको कारणले पनि निम्तिने गरेका छन् । ट्राफिक देख्यो कि सवारी चालक अत्तालिन थाल्छन् । त्यही चेकजाँज छल्न ओभरस्पिडले सवारी साधन हाँक्दा दुर्घटना बढ्ने गरेका छन् भने जहाँ पायो त्यहि ट्राफिक चेकजाँच गर्ने, अनावश्यक तनाव दिने गरेका कारण पनि सवारी चालकलाई निकै सास्ति हुने गरेको छ । भौगोलिक रुपमै पनि अफ्ठ्यारा सडकहरु त्यसैमाथी कुनै चेकजाँचको जानकारी वा संकेतै नदिई अकस्मात ट्राफिक प्रहरीलाई देख्दा पनि एक्कासी चालकले बे्रक लगाउँदा सवारी डिस्ब्यालेन्स् भई पनि दुर्घटना हुने गर्दछ तर प्रवक्ता श्रेष्ठ यो कुरालाई स्विकार गर्नुहुँदैन । उहाँले सवारी दुर्घटना सवारी चालक ,सवारी साधन, यात्रु तथा सडकका कारण हुने गरेको प्रष्ट्याउनुभयो तर कहिंकतैबाट पनि यसमा ट्राफिक प्रहरीको कुनैपनि गल्ति स्विाकार्नु भएन ।
“चाहे कार होस् या सार्वजनिक यातायातमा चालकको सिटमा बसिसकेपछि त्यो व्यक्ति जुनसुकै पेशाको भएपनि चालक हो र उसको ध्यान सडकमा हुनुपर्छ ,यदि सडकमा उसको ध्यान छैन भने उ राम्रो चालक होईन । जहाँसम्म अकास्मात चेकजाँजको कुरा छ त्यो हामीले गर्नैपर्छ । ”
देशका अन्य ठुला राजमार्गमा होस् या काठमाडौं उपत्यकाकै मुख्य सडकमा ठुलो सवारी जाम हुँदा त्यहाँ जम्मा २÷३ जना ट्राफिक प्रहरी मात्र खटिएका हुन्छ् तर जब सवारी चेकजाँच हुन्छ सानो गल्लिमा पनि ७÷८ जना हुन्छन् किन ? प्रवक्ता श्रेष्ठ नै भन्नुहुन्छ ट्राफिक प्रहरीको काम भनेको सवारी साधनको व्यवस्थापन गर्नु हो रे । प्रवक्ता ज्यु कहाँको सवारी साधनलाई व्यवस्थापन गर्ने भन्नुस् त ? मुख्य सडकमा गुड्ने सवारी साधनको व्यवस्थापन गर्नु ठुलो कुरो हो कि लुकिछिपि भित्रि सडकमा मात्रै सवारी चेक गर्नु ?
ट्राफिक प्रहरीले जनतालाई अनावश्यक दुख मात्रै होईन । जनतालाई बेवकुफ बनाई लुटिरहेका छन् भन्दा फरक पर्दैन । यहाँहरु कति पटक प्रहरी चेकिङमा पर्नुभएको छ होला र कति पटक जरिवानामा पर्नुभएको भएको पनि छ होला ? मापसे गरि सवारी चलाउँदा, लाईन मिचेर ,वा ओभरस्पिड,सवारी चालक अनुमतिपत्र वा अन्य कागजात नबोकेर वा अन्य विभिन्न कारणले ट्राफिक प्रहरीले चिट काटेका छन् होला र यहाँमध्ये कतिलाई त ब्लुबुक नविकरण नगरेको केसमा पनि चिट काटेको पक्कै छन् । तर के यहाँहरुलाई थाहाँ छ अन्य कारणले ट्राफिकले कारबाही गरेपनि बिलबुक नविकरण केसमा ट्राफिक प्रहरीले सवारीचालकलाई कारबाही गर्न मिल्दैन ..। ब्लुबुक नविकरण भनेको राजश्वसंग सम्बन्धित विषय हो । कुनैपनि सवारीधनिले सवारी चलाएबापत हरेक बर्ष सरकारले ताकेको राजश्व तिर्नुपर्ने हुन्छ । सवारीधनिबाट राजश्व उठाउने काम यातायात व्यवस्था विभागको हो । यदि कुनै सवारीधनिले आफूले चलाउने सवारी साधनको कर समयमै नतिरे ३२ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । तर सवारीधनिले ब्लुबुकमै लेखिएको कर तिर्ने मिति ख्याल नगर्दा जरिवानमा पर्ने गर्छन् । सवारी दर्ता भएको मिति अनुसार त्यसको ठ्याक्कै एक वर्षमा अविकरण गर्नुपर्ने हुन्छ । सो मिति सकिएको ९० दिनभित्रमा पनि सवारी नविकरण गर्दा सवारीधनिले अन्य जरिवाना तिर्नुपर्दैन तर पनि बिलबुकमै सबै विवरण उल्लेख गरिदा पनि सवारीधनिले तोकिएको समयमै राजश्व बुझाउन अटेरी गर्छन जसका कारण मोटो जरिवाना तिर्न बाध्य हुन्छन् ।
सवारी अनुसार राजश्वदर पनि फरक हुने गर्दछ । नियमानुसार कुनैपनि सवारीधनिले सवारी दर्ता गरेको ५ वर्षसम्म ब्लुबुक नविकरण नगरेको खण्डमा अर्थात आफ्नो सवारीको राजश्व नतिरेको अवस्थामा सो सवारीसाधनलाई यातायात व्यवस्था विभागले जफत गर्ने गर्दछ । यस हिसाबले जतिनै जरिवाना तिरेर होस् कुनैपनि सवारीधनिले कुनै पनि दिन उक्त सवारीसाधनको राजश्व त जसरी नै बुझाउनै पर्ने हुन्छ । र बुझाउँछन् पनि । यसकारण ट्राफिक प्रहरीले ब्लुबुक नविकण नगरेको भन्दै कुनैपनि सवारी चालकलाई चिट काट्न पाउँदैनन् । जुनकुरा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपि जिवनकुमार श्रेष्ठले नै हामीसंगको कुराकानीमा बताउनुभएको छ । ‘सवारी नविकरण नगरेको केसमा हामीले कारबाही गर्न मिल्दैन र हामीले गरेका पनि छैनौं । उहाँ भन्नुहुन्छ ‘यो १०० प्रतिशत कन्र्फम हो ’ ।
राजश्व उठाउने जिम्मेवारी यातायात व्यवस्था विभागको हो यदि सवारी नविकरण गरिएको छैन भने कारबाही पनि विभागले नै गर्छ । ट्राफिक प्रहरीको कार्याधिकार भित्र यो पर्दैन । तर यति हुँदा हुँदै पनि ट्राफिक प्रहरीले ब्लुबुक नविकरण नगरेको भन्दै सवारी चालकसंग अनावश्यक तनाव दिने,चिट काट्ने जस्ता काम गर्ने गरेको छन् । अन्द स्पटको कुरै छोडौं रिर्पोटिङ्गका क्रममा हाम्रो टिम यातायात व्यवस्था विभागको कार्यालयमा जाँदा नै त्यहाँ सेवा लिन गएका कयौं सेवाग्राहीले आफुहरु त्यस्तो कारबाहीमा परेको गुनासो गरे । ‘यस्तो नियमबारे हामीलाई थाहै थिएन मैलें त ३ पटक तिरि सके । ५००० मागिरहेको थियो ट्राफिकले लास्टमा १००० मा कुरा मिल्यो । एक सेवाग्राहीले भने ।’ त्यहाँ भेटिएका अधिकांश चालकको भनाईं एउटै थियो । नियम नै थाहा थिएन अब यात्राको क्रममा अनावश्यक झण्झट झेल्नुपर्ने भएकोले पैसा तिर्न बाध्य हुन्छौं । हामीले हजुरले काट्नुभएको चिटमा के कारणले चिट काटिएको विवरण उल्लेख गरिएको हुन्छ त भनेर सोध्दा ,लापरवाही गरेर सवारी चलाएको भनेर उल्लेख गरिने उनले बताए ।
अब यहाँहरु आफै बुझ्नुस् गाडी नबिकरण नगरेको भन्दै रोकेको ट्राफिक प्रहरीले चिट काट्दा किन अर्को विवरण लेख्यो ? यो सरासर लुटेको होईन ? जनतालाई नियम थाहा छैन भनेर जे गर्दा नि हुने । पहिलो कुरो हामीले माथि उल्लेख गरे झैं ब्लुबुक नविकरण वा कारबाहीको काम विभागको हो यसकारण सवारी चलाउँदा लाईसेन्सलाई मात्रै अनिवार्य गरिनुपर्ने हो तर सवारीचालकलाई यात्रैपिच्छे ट्राफिक प्रहरीले ब्लुबुक देखाउन भन्ने गर्छन् । चालकले मापसे गरेको छ÷छैन ,सडकमा सवारी व्यवस्थापन छ÷छैन, ट्राफिक नियमको पालना गरेको छ÷छैन त्यो ट्राफिक प्रहरीले हेनुर््पर्ने हो तर ट्राफिक प्रहरीलाई कतिबेला सवारीलाई रोक्ने अनि चिट काट्ने भन्ने नै हतार हुन्छ । ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले अहिले डिजिटल रुपमा चिट काटिने बताउनुभयो तर हाम्रो रिपोर्ट सार्वजनिक भईसकेपछि धेरैजसो सवारीचालकले ट्राफिक प्रहरीले अनावश्यक चिट काट्दै विवरण अर्को लेखेर थमाउने गरेको गुनासो गरेका छन् । अधिकाशंले सवारी रोक्ने ब्त्तििकै ट्राफिकले चाबि थुतेर आफुहरुको कुनै कुरै नसुनी चिट काट्ने गरेको बताए ।
एसएपीसाब यहाँले मातहतका कर्मचारीलाई नियम बुझाउन नसक्नुभएको होकि कर्मचारीले नटरेरेका ? कि त हात्तीको देखाउने दाँत एउटा चपाउने दाँत अर्कै भनेझैं यहाँहरुकै मिलेमतोमा जनता लुट्ने अभियान चलिरहेको छ ? जनताहरुलाई पनि नियम बुझाउने कि आफुमात्रै बुझ्ने तर बाहिर लुट्ने ?

English
MTV NEPAL MTVNEPAL


