अमेरिकी धार्मिक संस्थाको रिपोर्टः नेपालमा गाई काट्न पाउनुपर्छ

१९ मंसिर । अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ)ले नेपालमा धार्मिक सद्भाव र सम्मानमा धक्का पुर्याउने गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट भएपनि व्यवहारमा यहाँ धार्मिक स्वतन्त्रता नभएको विषय समावेश गरेको छ । नेपालको संविधानमा भएको धर्म परिवर्तन गर्न नपाइने व्यवस्था पनि हटाउनुपर्नेका साथै नेपालमा गाईको मासु खान पाउनुपर्ने सहितका मागहरु सम्बोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । “यस संस्था संयुक्त राज्य अमेरिकी सरकारले नेपाललाइ धर्म परिवर्तन र गाईको व्यवहारलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको मापदण्डहरूअनुसार ल्याउन आफ्नो संवैधानिक र कानुनी निष्प्रभाव तुल्याउन वा परिवर्तन गर्न दबाब देओस् भन्ने सिफारिस गर्छ,” अमेरिकी धार्मिक आयोगका प्रतिवेदनमा भनिएको छ ।

त्यतिमात्र नभई अमेरिकाले चीनबाट भागेका तिब्बतीहरूलाई स्वतन्त्र रूपमा नेपाल हुँदै भारत जानका लागि नेपाललाई सुरक्षित आश्रय स्थल बनाउनका लागि समेत दबाब दिन उक्त आयोगले अमेरिकी सरकारलाई सिफारिस गरेको छ । नेपाल सरकारको धार्मिक स्वतन्त्रता र मानव अधिकारसम्बन्धि निर्णयहरूमा भारत र चीन सरकारको दबाबमा हुने गरेको आरोप लगाइएको छ । भारतीज जनता पार्टी नेपाललाई हिन्दु राष्ट्र बनाउन लागेको भन्दै हिन्दुवादीहरूलाई अल्पसंख्यक धार्मिक समुदायप्रति हिंसा प्रयोग गर्ने, विदेभकारी व्यवहार गर्ने, धार्मिक रूपमा व्याख्या गर्ने र डरको वातावरण बनाउने तथा राष्ट्रमा गैर(हिन्दुलाई स्वागत नगर्ने भनेर उक्त अमेरिकी संस्थाले आरोप लगाएको छ । यसैगरी चीनले नेपाललाई दलाई लामा अस्वीकार गर्न तथा तिब्बतीलाई नेपाल हुँदै भारत जान प्रतिबन्ध लगाएको उल्लेख गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com