प्रहरी हिरासतभित्रै अभियुक्त मृत फेला

झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए । उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको बताइएको छ । इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले यादवले आत्महत्या गरेको बताए

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com