भाइरल ज्वरोबाट चारको मृत्यु, ३०० बढी बिरामी

शनिबार, २२ पुष, २०७४ मा प्रकाशित,
जाजरकोट, पुस २२ । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ ।
रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड््कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो ।
त्यस्तै वडा नं २ कै आठ वर्षीय धनबहादुर विकको आज मृत्यु भएको छ । ज्वरो र रुघाखोकीले ३०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्यचौकीमा दैनिक ४०÷५० जना भाइरलका बिरामी आउने गरेको बताइएको छ ।
जुनीचाँदे गाउँपालिका– १ का जुनीचाँदे, काप्रा, बड््कुले र कार्कीगाउँ, वडा नं २ को मजकोट, आलीमौगाना– ३ का डाँडाकोट र परालेमा भाइरल प्रकोपका रुपमा देखापरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् । बिरामीमा घाँटी, टाउको र हातखुट्टा दुख्ने,सुक्खा खोकी, चिटचिट पसिना आउने, ज्वरो आउने लगायत समस्या देखिने गरेको छ ।
त्यस्तै बारेकोट गाउँपालिका वडा नं ५ मा पनि भाइरल ज्वरोका कारण विद्यार्थी विद्यालय आउन नसकेको सरस्वती माविका प्रअ मनबहादुर सिंहले बताए । विद्यार्थी विद्यालयमा नआउँदा परीक्षासमेत प्रभावित भएको छ ।
भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले रोग पहिचानका लागि प्रयोगशाला प्राविधिक कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएको छ ।

प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली गएको नेपालीले बताए । अहिले चिसोका कारण जिल्लाका सबै ठाउँमा बिरामीको संख्या ह्वात्तै बढेको छ ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com