आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ ।

“पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो भनेर काम नगरेका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालले बिना स्पष्टीकरण पुस १२ गत निलम्बन गरेको थियो ।

चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकलाई शिविरमा पठाउने भन्ने बारेमा स्पष्ट खुलाइएको छैन । नेपाल मेडिकल काउन्सिल ऐनमा समेत स्नातकोत्तर अवधिभर अधिकतम तीन महिनासम्म मात्र फिल्डमा पठाउन मिल्ने व्यवस्था रहेको छ ।

तर अस्पतालले मनपरि ढंगले शिविरहरुमा खटाउन थालेपछि अध्ययनमा समेत समस्या हुने भएपछि डा. विशद दाहालले यस्तो ज्यादति बिरुद्ध रियाक्ट गर्नुपर्ने सोचेर पौष ९ गते अस्पतालले खटाएको शिविरमा गएपनि पौष १२ गतेको शिविरमा भने गएनन् । सोही दिन नै अस्पताल प्रशासनले कुनै स्पष्टिकरण नसोधी डा.दाहाललाई निलम्बन गरेको थियो । त्यसपश्चात निलम्बन फुकुवाको माग गर्दै अस्पतालमा अध्ययनरत तथा कार्यरत क्लिनिकल र नन्क्लिनिकल गरी २१० चिकित्सक धर्नामा बसेका थिए ।

काठमाडौं युनिर्भसिटिले नै २ दिन अघि निलम्बन फुकुवा गर्न केएमसिलाई पत्र पठाएको थियो तर केयूको पत्रलाई समेत केएमसीले बेवास्ता गरेर चिकित्सकहरुलाई नियमित काममा फर्कन नदिएपछि चिकित्सक आन्दोलन थप चर्किंएको आन्दोलनमा शहभागी एक डाक्टरले बताए ।
“स्वयंम केयुले नै पत्र पठाएपछि हामीले पनि बिरामीलाई धेरै मार नपरोस् भनेर नियमित काममा फर्किन खोजेका थियौं तर हामीलाई भित्र पस्न दिईएको छैंन ,स्पेशल सेक्युरिटिको नाममा गुन्डागर्दिको शैलिमा बाउन्सरलाई खटाईएको छ । ”

वार्ताको प्रक्रिया शुरु भएपछि अहिले (केएमसी) अस्पताल परिसरमा शान्त वातावरण देखिएको छ । वार्ता नसकिएकोले अस्पतालले स्पेशल सुरक्षा गार्ड भने खटाईरहेको छ ।

डा. दाहालमाथिको निलम्बन फुकुवा गर्नुपर्ने र करिकुलमभन्दा बाहिरी काममा लगाउन नपाईने आन्दोलत चिकित्सकको भनाँई छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com