प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

२१ मंसिर । चितवन– जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो ।  नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए । जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले सहज रुपमा मतदान भइरहेको बताए । प्रहरीले पूर्वी चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रहेका छन् ।

 

4
THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com