इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेड विजयि भएको छ ।
गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको हो ।
गएरातिको हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो ।
मौरिन्होले प्रशिक्षकको रुपमा उक्त मैदानमा एउटा पनि खेल जितेका छैनन् ।
गएराति भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २÷० ले हरायो । लिभरपूलका लागि रोबर्टो फर्मीनो र मोहोमद सालाहले १ ÷१ गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा हडर्सफिल्ड टाउनले बर्नमाउथलाई ४÷१ ले हरायो ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।
५६ अंकको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ५४ अंक छ ।
५२ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सी ५० अंकसहित पाँचौ स्थानमा छ । चेल्सीले आज राती वेष्ट ब्रोमसँग खेल्दैछ ।

English
MTV NEPAL MTVNEPAL


