मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त हुँदा ७१ जनाको मृत्यु भएको छ ।
विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो ।
पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण गर्न लागेको बताएका थिए ।
काजकस्तानको सीमा क्षेत्र युरेल्सका लागि उडेको साराटोभ एयरलाइन्सको एन्टोनभ एन–१४८ विमान दुर्घटनाग्रस्त भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
उनले दुर्घटनामा परेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । रुसमा हालैका वर्षमा दुई ठूला जहाज दुर्घटना भएका छन् ।

English
MTV NEPAL MTVNEPAL


