अत्याधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सुनसरीको धरानमा गए राति सडक दुर्घटना भएको छ ।
छाता चोक नजिकै जिएस मार्केट अगाडि बा १२ च ७४८५ नम्बरको रातो प्लेटको निजि स्कोरपियो बिजुलीको पोलमा ठोक्कीएको थियो । दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा धरान–९ बस्ने ३० वर्षीय चालक प्रविन ताम्राकार, धरान–९ कै २८ वर्षीया रजनी राई, २६ वर्षीय सोनम राई, २६ वर्षीय विजय श्रेष्ठ र मेलि प्रधान र धरान १९ बस्ने अनु प्रधान रहेका छन् ।
घाइते चालकलाई जाँच गर्ने क्रममा अत्याधिक मदिरा सेवन गरेको पाइएको थियो ।
घाइतेहरु मध्ये चारजनालाई वीपी प्रतिष्ठान धरानले सामान्य उपचार पछि डिस्चार्ज गरेको छ । चालक प्रबिन ताम्राकार र मेलि प्रधानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रतिष्ठानले जनाएको छ । गाडीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
यसैबीच इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलले दुर्घटनाग्रस्त स्क्रोपियो गाडीको दुइटा नम्बर फेला पारेको बताएका छन् । दुर्घटनाग्रस्तस्थलमा गाडिको नम्बर बा १२ च ७४८५ देखिन्छ, तर दुर्घट्ना पछि प्रहरीले को १ प ९६८० भएको प्लेट पनि फेला पारेको हो ।

English
MTV NEPAL MTVNEPAL


