न्यायलय र मिडियाले सत्यताको उजागर गरीनुपर्छः प्रधानन्यायधिस पराजुलि

प्रधानन्यायधीश गोपाल पराजुलीले न्यायलय र मिडिया सत्यताको उजागर गर्नका लागी विकास भएको बताउनुभएको छ । न्यायलय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने उहाँको भनाई थियो ।
बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश पराजुलीले सत्यताको उजागर गर्नका लागि विकास भएकाले न्यायलय र मिडिया नै समाजको सत्यताका प्रतिक रहेको बताउनुभएको हो ।

अर्काका बारेमा भ्रामक सूचना सम्प्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्थालाई आफ्नो विशेषता आफै नगुमाउन समेत प्रधानन्यायधीशको आग्रह थियो ।

प्रधानन्यायधीश पराजुलीले आफू प्रधानन्यायधीश भएपछि न्यायसम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताउनुभयो ।

कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायधीश सारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समय सापेक्ष आधुनिक र न्यायिक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com