केही समय देखी अन्यौलमा रहेको बाम एकताले अब गती लिने भएको छ । पार्टिको सिद्दान्त के राख्ने भन्नेमा बिबादित पार्टी एकाताले प्रधानमन्त्री ओलिको सुझबुझ पूर्ण ब्यबहारको कारण ब्यबहारिकता पाउन लागेको हो । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ४ घण्टा लामो गोप्य वार्ताले दुई पार्टीले मान्दै आएको सिद्धान्त बहसमा लैजाने र महाधिवेशनबाट हल गर्ने सहमति गरेसँगै पार्टी एकताले गति लिन लागेको हो ।
माओवादी केन्द्रका नेताहरुले आइतबार दुई अध्यक्षबीचको वार्ता सकारात्मक भएको भन्दै छिट्टै पार्टी एकताको टुङ्गो लाग्ने र आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । माओवादी केन्द्रकी नेतृ एवं पार्टी प्रवक्ता पम्फा भूसालले पार्टी एकता र माओवादी केन्द्र सरकारमा सहभागी हुने पक्काजस्तै भएको बताइन् ।
“पछिल्लो समय ओली र दाहालबीचको वार्ता सकारात्मक छ । आज पनि दुई नेताबीच वार्ता भइरहेको छ । उहाँहरुको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्छ । त्यसैले पार्टी एकताबारे कसैले शंका गर्नुपर्दैन,” उनले भनिन् । पार्टी एकताको टुङ्गो लागेपछि माओवादी सरकारमा सहभागी हुन सहज हुने पनि उनले बताइन् । माओवादी केन्द्र पार्टी एकता टुङ्गोमा पुर्याएर ओली नेतृत्वको सरकारमा प्वाकेजमै सहमति गरेर सहभागी हुने पक्षमा छ ।
नेताहरुका अनुसार आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक सकारात्मक भएमा मंगलबार रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने छ । ओली सरकारमा माओवादी केन्द्रका नेता वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा जान इच्छुक रहेको बताइएको छ । यसै बिचमा राष्ट्रिय सभाको सदस्य तथा माओवादी नेता राम बहादुर थापाको नेत्रित्वमा समेत माओवादी केन्द्र सरकारमा सहभागि हुने बहस सुरु भएको छ ।

English
MTV NEPAL MTVNEPAL


