कांग्रेस संसदीय दलको नेता छान्न प्रदेश एक मा चुनाव हुने भएको छ । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि आकांक्षी धेरै देखिएपछि आज दिउँसो चुनाव हुने भएको हो ।
आइतबार संसदीय दलको नेतामा ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुने भएको छ । संसदीय दलको नेताको लागि मोरङका प्रदेशसभा सदस्य केदार कार्की, सुनसरीका प्रदेशसभा सदस्य राजीव कोइराला मुख्य दावेदारको रुपमा रहेका छन् भने मोरङकै शेखरचन्द्र थापाले मनोनयन दर्ता गराउनु भएको छ ।
नेपाली कांग्रेसको एक नम्बर प्रदेशमा २१ जना प्रदेशसभा सदस्य रहेका छन् । सहमतिको लागि हदैसम्मको प्रयास भइरहेको जनाएको भएपनि सहमति हुन नसक्दा चुनाव हुने भएको हो ।
दिउँसो १ बजेसम्म मनोनयन दर्ता फिर्ता लिने समय दिइएको छ ।

English
MTV NEPAL MTVNEPAL


