सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि प्रहरीका भूमिराज राईलाई

भुतपुर्व खेलाडि मञ्चले आयोजना गरेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटरको दौड राईले २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ मिनेट ४ सेकेण्डले पछि परेका नेपाली सेनाका हरिकुमार रिमाल द्वितीय हुँदा २ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा पार गर्दै ४५ हजार रुपैयाँ पुरस्कार पाए ।

२ घण्टा ३९ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गरेका आर्मीकै लालबहादुर थापा तेस्रो भए । उनले नगद ३० हजार रुपैयाँ पाए ।

म्याराथनमा १ सय १३ जना सहभागी भएकोमा सशस्त्र प्रहरीका गणेश ठकुरी चौथो भए । उनले २ घण्टा ४५ मिनेट ४५.२ सेकेण्डमा उक्त दुरी पार गर्दै ५ हजार रुपैयाँ पुरस्कार पाए भने ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका रामकुमार लिम्बुले ३ घण्टा १ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै पाचौं भए ।

सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथन प्रतियोगिताको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो स्थानमा नेपाली सेनाका खेलाडीले स्थान सुरक्षित गरे ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com