गाउँपालिका अध्यक्षलाई गोली हानेर मार्ने धम्की

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत् ज्यान मार्ने धम्की आएको छ ।

एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए ।

बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएकोसमेत गुप्ताको भनाइ छ ।

पैसाका लागि धम्की दिएको हुनसक्ने ठानेर सोध्दा ‘तैँले आजकल मान्छेलाई गन्न छाडेको छस, त्यही भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ’–गुप्ताले भने ।

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिए ।

जुनसुकै बेला पनि गोली हान्नसक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराएपनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com