राष्ट्रियसभा निर्वाचनका लागि एमालेको अर्को तयारी

नेकपा एमालेले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।  पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार यही माघ २१ गतेसम्म प्रत्येक प्रदेशमा मतदातालाई आफ्ना उम्मेदवारलाई मत हाल्नका लागि अभिमुखीकरण तालीम सञ्चालन हुनेछ ।

बैठकले प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीको चयन राष्ट्रियसभाको निर्वाचनपछि गरिने निर्णयसमेत गरेको उनले बताए । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् । बैठकले नयाँ सरकार गठनपछि वर्तमान सरकारले गरेका पछिल्ला निर्णयको जिम्मेवारी नलिने निर्णय पनि गरेको नेता पोखरेलले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com