लामा कुकी अवतारीको निधन

ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो।  लामा कुकी यसअघि सोलुखुम्बुको क्याब्रोक गुम्बाको प्रमुख रिम्पोछे थिए । परिवारजनका अनुसार क्याब्रोकको प्रमुखबाट निधन भएपछि सोलुखुम्बुको नाम्चेमा जन्मिए । २ वर्षकै उमेरमै आफु क्याब्रोकको लामा रहेको बताएपछि बौद्ध परम्पराअनुसार जाँचबुझ गरिएको थियो । जाँचबुझको क्रममा क्याब्रोकको रिम्पोछे रहेको ठहर भएपछि ३ वर्षकै उमेरमा बौद्धशिक्षाको लागि तिब्बत गएका थिए । टिब्बतको जरङबु गुम्बामा शिक्षा लिएर २५ वर्षको उमेर नेपाल फर्केका लामा कुकी ओखलढुंगाको तोलु गुम्बा रिम्पोछे भएर बसेका थिए।

केही समयअघि विरामी भएपछि उनलाई काठमाडौं ल्याइएको माइला छोरा ङवाङ छुल्ठिम लामाले जानकारी दिए । ‘केही समयदेखि विरामी भएर काठमाडौंमै रहँदै आउनुभएको थियो,’ उनले भने, ‘पछिल्लो समयमा निमोनिया भएर मनमोहन अस्तपलमा उपचारको क्रममा निधन भयो ।’  रिम्पोछेको शवलाई अहिले बौद्धस्थित शेर्पा सेवा केन्द्रमा राखिएको छ । बौद्ध परम्परा अनुसार रिम्पोछे थोदममा छन् । डाक्टरले मृत्यु घोषणा गरेपछि शरिर तातो रहिरहनुलाई थोदम भनिन्छ । मृत्युपछि थोदम कमै रिम्पोछे मात्रै बस्ने गर्छन् । थोदमलाइ समाधि पश्चातको निर्वाण प्रकृयाको ध्यान पनि भन्ने गरिन्छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com