आँधीका कारण चीनमा लाखौँ मानिस प्रभावित ,, तटीय क्षेत्रमा क्षति

चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो । आँधीले तटीय क्षेत्रमा क्षति र्पुयाएको छ । हावाहुरी र वर्षाका कारण सयौँ हवाई तथा रेल सेवा रद्द भएका बीबीसीले जनाएको छ । तलिम आज बिहान जमिनमा बज्रिएको चीनको मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले जानकारी दिएको छ । त्यो आँधीको गति कम भएको र भोलिसम्मा भियतनाम पुगेर कमजोर हुने अनुमान छ । भियतनामको क्वाङ निन्ह प्रान्त र हाई फोङ सहरमा पुग्ने पूर्वानुमान छ । त्यहाँ पनि झण्डै ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com