सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ३० जना घाईते भएका छन्। रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी २ पुरुष र २ महिलाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ। मृतक मध्ये एक महिला पुष्पा खड्का केसीको नाम मात्रै खुलेको भएपनि अन्य तीन जनाको भने खुल्न नसकेको प्रहरीले जनाएको छ । बस सडक देखि झण्डै ८० मिटर तल खोल्सामा खसेको छ। घाईतेहरुलाई उपचारका लागि सल्यान श्रीनगरमा लगिएको छ।

English
MTV NEPAL MTVNEPAL


