विशाल र रुविना वर्षकै उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मर्स्याङ्दी  क्लबका खेलाडी विशाल राई र महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाद्वारा आइतबार साँझ विर्तामोडमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको उपाधि नेपाल पुलिस क्लबका क्रिकेट प्रशिक्षक मनोज कटुवालले हात पार्नुभयो ।

यस्तै, यो वर्षको उत्कृष्ट युवा खेलाडी झापा ११ का डिफेन्डर देवेन्द्र तामाङ पुरस्कृत हुनुभएको छ । उत्कृष्टलाई नगद १५ हजार सहित अवार्ड प्रदान गरिएको थियो ।त्यस्तै पिपुल्स च्वाइस् टिममा झापा ११ पुरस्कृत भएको छ ।

पुरस्कृत खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा सहारा नेपालका तर्फबाट कार्यकारी निर्देशक महेन्द्र गिरीले झापा ११ का खेलाडी देवेन्द्र तामाङलाई दुई बर्षसम्म २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

त्यस्तै, निगाले सिमेन्टका तर्फबाट होम पाण्डेले झापा ११ का कप्तान योगेश गुरुङलाई मासिक २५ हजार रुपैयाँ दुई बर्षसम्म दिने घोषणा गर्नुभएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com