नेपालमा क्यासिनो संचालनका लागि भारतीय दुई कम्पनीले प्रस्ताव गरेका छन् । प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाण्डौँ र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रुपन्देहीमा क्यासिनो संचालनका लागि गरेको प्रस्तावलाई उद्योग विभागले समेत स्वीकृति दिएको जानकारीमा आएको छ । भारतीय प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको २५ करोड रुपैयाँमा क्योसिनो सञ्चालन गर्ने प्रस्तावमा विभागले सहमति दिएको हो । कम्पनीले ८५ प्रतिशत विदेशी लगानी र १५ प्रतिशत नेपालीको लगानीमा क्यासिनो सञ्चालन गर्न लागेको छ । क्यासिनो सञ्चालनमा आएपछि कम्पनीले २५ जनालाई रोजगारीको अवसर दिने उल्लेख गरेको छ ।
यसैगरी एसएचएल म्यानेजमेन्ट सर्भिसेसले पनि २५ करोड रुपैयाँकै लगानीमा रूपन्देहीमा क्यासिनो सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृति लिएको छ । यस कम्पनीमा ९० प्रतिशत विदेशी लगानी र १० प्रतिशत नेपाली लगानी रहनेछ । क्यासिनो सञ्चालनमा आएपछि पाँच सय जनाले रोजगारी पाउनेछन् । प्रस्ताव स्वीकृति भएका कम्पनीले क्यासिनो नियमावली २०७२ अनुसार आफै लाइसेन्स लिएर पाँच तारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउनेछन् । कम्पनीले होटलले लिएको क्यासिनो सञ्चालनको लाइसेन्सबाट पनि क्यासिनो सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ ।

English
MTV NEPAL MTVNEPAL


