कपिलवस्तुमा सुरु भयो कुस्ती खेल

कपिलवस्तुको लवनीमा लोपोन्मुख अवस्थामा रहेको कुस्ती खेल सुरु भएको छ । कुस्ती खेल लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको प्रबर्धन गर्ने उद्देश्यका साथ खेल बिहीबारदेखि सुरु भएको आयोजक समितीले जानकारी दिएको छ ।  लोपोन्मुख खेल कुस्तीको प्रर्वद्धन गर्दै खेलकुदको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय रुपमा परिचित गराउने र पर्यटन प्रवद्र्धनको लागि कुस्ती आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताए।

स्थानीय स्तरमा रहेका खेलाडीहरूको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीन दिने कुस्ती दंगल प्रतियोगिताको आयोजना गरिएको समितिका अध्यक्ष यादवले जनाए । पहिलो दिनको खेलमा नेपाली पहलवान खेलाडीहरूको वर्चस्व रहेको छ। नेपालका रूपन्देही, नवलपरासी, पोखरा, काठमाडौंलगायतका स्थान तथा भारतका गोरखपुर, बनारस, झाँसी, आगरा, पञ्जाव, दिल्ली, मरेठ, मध्यप्रदेशका सहरबाट गरि ५० जना भन्दा बढी पहलमानले उतm प्रतियोगितामा सहभागिता जनाउने आयोजकका थिए।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com