मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको तयारी

३ पुुस । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री दीपक बोहराले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजारका दरले जीविकोपार्जन भत्ता दिने तयारी गरिएको बताए।  ‘क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीहरुलाई सरकारले उपचारमा सहुलियत पुर्या उँदै आएको छ’, मन्त्री बोहराले भने, ‘यस्ता रोग लागेका बिरामीहरुको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि मासिक ५ हजार भत्ताको  व्यवस्था गर्ने मन्त्रालयबाट निर्णय भएको छ।’

मन्त्री बोहराले मन्त्रालयबाट भएको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए।  मन्त्री बोहराका अनुसार देशभरमा यस्ता बिरामीको संख्या करिब १७ हजार रहेको र यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सूर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गरिनेछ। सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि नि:शुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई चार लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख सहयोग दिने गरेको छ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com