एमाले अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले दीर्घकालिन प्रभाव पार्ने निर्णय गरेको भन्दै बिहीबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका अध्यक्ष ओलीले सरकारको निर्णयप्रति आपत्ति जनाउन पत्रकार सम्मेलन गर्न लागेका हुन् । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओलीको पत्रकार सम्मेलन हुने पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। सरकारले बुधबार मात्रै ६५ वर्षको उमेरमा वृद्धाभत्ता उपलब्ध गराउने, भुकम्प पीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। काम चलाउ सरकारले दजनौं नियुक्त गरिरहेको छ। देउवा सरकारको निर्णयले राज्यकोषमा अर्बौ व्ययभार थपिनेछ।

English
MTV NEPAL MTVNEPAL


