उत्तर कोरियाली राजदूले किन भेटे प्रचण्डलाई ? कारण यस्तो छ बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन्  । आइतबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिए । हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७०औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा दिए ।

हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा दाहालको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरे । जवाफमा अध्यक्ष दाहालले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जवाफ दिए । अध्यक्ष दाहालले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए । भेटमा अध्यक्ष दाहालले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले–माओवादीबीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको पनि सुनाए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com