लगातार लभ स्टोरी चलचित्र निर्देशनमा चर्चित बनेका निर्देशक सुदर्शन थापाले अब संभवत कमेडि जनराको चलचित्र निर्माण गर्ने भएका छन् ।
नाम तय नभैसकेको सुदर्शनको चलचित्रका लागि पछिल्ला चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले १० लाख पारिश्रमिक लिएपछि हंगामा नै भएको थियो । चलचित्रमा केदारपछि विल्सन विक्रम राई ‘तक्मे बुढा’ र रविन्द्र झा पनि फाइनल भैसकेका छन् ।
यतिमात्र हैन अब, चलचित्रमा अर्का चर्चित हाँस्य कलाकार भित्रिएका छन् ।
यो चलचित्रमा हाँँस्य कलाकार जितु नेपाल पनि अनुवन्धित भएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।

४ जना हाँँस्य कलाकार चलचित्रमा अनुवन्धित भएपछि यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने कुरामा दुईमत छैन ।
चलचित्रका नायक अहिलेसम्म सार्वजनिक गरिएको छैन । नायिका पूजा शर्मा र सुदर्शन थापाले मिलेर बनाउन लागेको यो चलचित्रमा अब केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा, जितु नेपालको साथमा नायिका पूजा शर्माको मुख्य भूमिका रहने पक्का भएको छ । माघको अन्तिम साताबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


