६ महिनामा करिब ४३ करोडको पिना भारत निर्यात

विराटनगर भन्सार कार्यालयबाट करिब ४३ करोड बराबरको पिना भारत निर्यात भएको छ । भारत निर्यात हुने मुख्य १२ वस्तु भित्र पर्ने पिना गएको ६ महिनामा झण्डै ४३ करोड रुपैयाँ बराबर निर्यात भएको हो ।

भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि माघसम्ममा जोगवनी नाकाबाट ४२ करोड ८१ लाख ८८ हजार मूल्य बराबरको पिना भारत निर्यात भएको छ । पिना निर्यातबाट विराटनगर भन्सार कार्यालयले यो अवधिमा पैठारी महशुलवापत् ५९ लाख ७९ हजार रुपैयाँ असुली गरेको छ । पिनाको प्रतिकिलोमा ५० पैसा पैठारी महशुल लाग्छ ।

बिहार, पश्चिम बंगाल र पञ्जावमा पिनाको खपत बढी छ । गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तमा पनि विराटनगर भन्सार नाकाबाट ३५ करोड २२ लाख ७७ हजारको पिना भारत निर्यात भएको थियो ।

तोरी मिलमा १ किलो तोरी पेल्दा ४० प्रतिशत तेल र ६० प्रतिशत पिना उत्पादन हुन्छ । भारत निर्यात हुने पिना पूर्व क्षेत्रकै तोरी मिलबाट खरिद गरिन्छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com