१८ वर्षीया सम्झनालाई ५० वर्षीय रामबाबुले एसिड प्रहार ।

रौतहट — प्रेम प्रस्ताव अस्वीकार गर्दा चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास एसिडको सिकार बन्न पुगेकी छन् । आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटकपटक प्रेम प्रस्ताव राखे पनि उनले अस्वीकार गर्दै आएकी थिइन् ।एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार राजधानीस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ । घाइतेका साथ लागेर पासवान काठमाडौंसम्म पुगेका थिए । छिमेकीको नाताले उनीमाथि कसैले शंका गरेनन् । अपराध लुकाउन उनी कुरुवासमेत बसे । प्रहरीले सम्झनाको कल डिटेल्स निकालेर अनुसन्धान थाल्यो । ‘एक महिनामा झन्डै २ सय कल पासवानले फोन गरेको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख केदार ढकालले भने, ‘कल डिटेल्स, पीडितका बुवाको किटान जाहेरी र सम्झनाको बयानका आधारमा पासवानलाई पक्राउ गरेका हौं ।’ पासवानको हातमा एसिड परेर कालो भएको छ । प्रहरीले त्यसलाई पनि प्रमाणको आधार मान्यो ।

घटनाको ६ दिनपछि पक्राउ परेका पासवानलाई मंगलबार इलाका प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो ।
आफ्नो बुबाभन्दा निकै जेठो छिमेकीको यस्तो हरकतबारे सम्झनाले अभिभावकबीच कुरा राख्न नपाउँदै भदौ २६ गते राति एसिड आक्रमणबाट गम्भीर घाइते बनिन् । उनी अहिले कीर्तिपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेकी छन् । पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com