२०७४ पुष २१ गते प्रकाशित
चलचित्र ‘राज्जा रानी’को वुधबार प्रिमियरको आयोजना गरियो । प्रिमियरमा चलचित्रको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा धेरै तारिफ बटुलेको यो चलचित्र हलमा रिलिज भएको छ ।
विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार नगरिरहेको यो समयमा रिलिज भएको चलचित्रलाई धेरैले आशा गरेको चलचित्र मानेका छन् ।
त्यसो त चलचित्रमा पोख्त नायिका केकी अधिकारी, नायक नाजिर हुसेन, कलाकार कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ , चलचित्रले मधेसको दाइजो प्रथाको कथालाई उठान गरेको छ ।
चलचित्रमा लेखन तथा निर्देशन यम थापाको रहेको छ भने रमेश एम के पौडेल यसका निर्माता हुन् । नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको अभिनयलाई प्रिमियरमा रुचाइएको थियो ।
यसैविच, चलचित्रको जनकपुरमा पनि प्रिमियर भएको छ । चलचित्र मिथिला क्षेत्रमा भने मैथिली भाषामा रिलिज हुनेछ ।

English
MTV NEPAL MTVNEPAL


