वेष्टह्याम युनाईटेड सँग टोटनह्याम हट््सपरको बराबरी

शुक्रबार, २१ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २१ । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट््सपर र वेष्ट ह्याम युनाईटेड बराबरीमा रोकिएका छन्् ।
घरेलु मैदानमा गएराति भएको खेलमा टोटनह्यामले वेष्ट ह्याम सँग १–१ को बराबरी खेलेको हो । खेलको ७० औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाए । तर खेल सकिन ६ मिनेट बाँकी छँदा टोटनह्यामका हिउङ मिन सनले एक गोल गर्दै खेल बराबरी गरेका हुन्् ।
बराबरीपछि टोटनह्याम हट््सपर २२ खेलबाट ४१ अंक जोड््दै तालिकाको पाँचौ स्थानमा कायम छ । २२ खेलबाट २२ अंक जोडेको वेष्टह्याम भने १५औं स्थानमा छ ।
इंग्लिश प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो तथा ४४ अंक जोडेको लिभरपूल चौथो स्थानमा रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com