स्कटल्याण्डमा अनमोल र अदिती

अभिनेता अनमोल केसी र अभिनेत्री अदीति बुढाथोकी स्कटल्याण्ड उडेका छन् । अनमोल र अदीति अभिनित ‘कृ’ माघ २६ देशव्यापी प्रदर्शनमा आउदैछ । शुक्रवार साँझ अनमोल र अदितीसंगै निर्माता द्वय भुवन केसी र सुबास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायाँकार पुरुषोत्तम प्रधानसहित फिल्म युनिट स्कटल्याण्ड्रस्थान गरेको हो । त्यसो त् भुवनसँग ‘लिभिङ टूगेदर’ मा रहँदै आएकी अभिनेत्री जीया केसी पनि स्कटल्याण्ड पुगेकी छिन् । माघ १७ गते काठमाडौं फर्किने सेड्युल सहित फिल्मको ‘मैले जानी नजानी’ बोलको गीत खिच्न विदेश जानु परेको निर्माता भुवन केसीले बताएका छन् ।

‘कृ’ मा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ट्रेलर र ‘यति यति पानी’ बोलको गीतले नै प्रतिक्षीत बनेको ‘कृ’ मा अनमोलको रोमान्टिक र एक्सन अवतार देख्न पाइनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com