आईपीएलमा १२ करोड ५० लाखमा बिके बेन स्टोक्स

इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स १२ करोड ५० लाख भारतीय रुपैयाँमा आईपीएल टीम राजस्थान रोयल्समा आबद्ध भएका छन् । शनिबार भएको आईपीएल अक्सनको पहिलो सेसनमा सबैभन्दा बढी मूल्य स्टोक्सले पाएका हुन् । यसका अलावा अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख, भारतीय स्पिनर रविचन्द्रन अश्विनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड ६० लाख, शिखर धवनलाई सनराइजर्स हैदरावादले ५ करोड २० लाख र अजिंक्या रहानेलाई राजस्थान रोयल्सले ४ करोडमा खरिद गरेका छन्   अक्सन शनिबार दिनभर नै जारी रहनेछ । आईपीएल अक्सनमा पहिलोपटक एक नेपाली खेलाडी पनि सामेलछन् ।अनक्याप्ड प्लेयरको सूचीमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको नाम पनि समावेश छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com