सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव

हालै चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव राख्यो । यो प्रस्ताव पारित भएमा त्यहाँको संविधानमा परिवर्तन गरेर राष्ट्रपति पदको कार्यकाल दुईचोटि हुने समयसीमा समाप्त गरिनेछ ।  चीनले यसो गरेमा भारतलाई घाटा हुने आँकलन भारतीय विश्लेषकहरूले गरेका छन् ।  सन् २०१२ मा सी चीनको राष्ट्रपति भएदेखि चीनले अन्य देशहरूमा चासो बढाउन थालेको छ । पेटी सडक परियोजना उनैले अघि बढाएका हुन् । भारत र चीनबीचको सीमा विवाद लामो समयसम्म चलिरहेको थियो । त्यसले द्विपक्षीय सम्बन्धमा तिक्तता पनि ल्यायो ।  तिनै सी सधैंका लागि राष्ट्रपति भए भने भारतसँग जोरी खेल्न सक्छन् भन्ने भारतीयहरूको अनुमान छ । चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति पदको दुई कार्यकाल सीमालाई समाप्त गर्ने प्रस्ताव राखेको थियो ।

यो सेन्ट्रल कमिटी सत्तारूढ कम्युनिस्ट पार्टीको सबभन्दा महत्त्वपूर्ण हिस्सा हो । सीका लागि पेश गरिएको प्रस्ताव पारित गराउन यो कमिटीले प्रमुख भूमिका निर्वाह गर्छ ।   संविधानमा भएको संशोधनलाई चीनको संसद् अर्थात् नेसनल पिपुल्स कांग्रेस (एनपीसी) बाट स्वीकृति प्राप्त गर्न आवश्यक हुन्छ ।  एनपीसीमा तीन हजार प्रतिनिधि छन् । यस हिसाबमा यो संसारको सबभन्दा ठूलो संसदीय समिति हो ।  यसका प्रतिनिधिहरूको निर्वाचन प्रान्तीय विधानसभाहरूले गर्छन् । यी प्रतिनिधिलाई सशस्त्र सेनाले पनि छान्छन् ।  एनपीसीसँग संविधान संशोभन गर्ने र कानून बनाउने शक्ति हुन्छ । यसका प्रतिनिधिमा लगभग ७० प्रतिशत सदस्य कम्युनिस्ट पार्टीका हुन्छन् ।  यसको अर्थ एनपीसीमा पार्टीप्रति बफादारी देखाउने प्रतिनिधिहरू भरमार हुन्छन् । धेरैजनाले यसबाट सी चिनफिङलाई कुनै समस्या नहुने बताएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com