द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरियामा पनि अनुसन्धान

 

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ ।

खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएका थिए । खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए ।

सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो ।

दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित त्यहाँ पुगेको १२ जनाको टोली मध्ये दुई जना मात्रै स्वदेश फर्किएको जानकारी गराएको थियो ।

सोही आधारमा खड्गीमाथि अनुसन्धान अघि बढेको थियो । र, २५ माघमा खड्गी ठमेलबाट पक्राउ परेका थिए ।

बयानका क्रममा खड्गीले आफूले युवालाई विदेश लगेको स्वीकारिसकेका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com