सलमान खान फागुन अन्तिम हप्ता काठमाडौं आउँदै

५ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खान फागुन अन्तिम साता काठमाडौं आउने भएका छन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने दबाङ द टुर कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेनन र टेलभिनजकर्मी मनिष पाउल पनि आउनेछन् । टुँडिखेलमा हुने उक्त कार्यक्रमको व्यवस्थापन शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस् र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले गर्दैछन् ।

सलमान खानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रमस्थलको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट निर्देशक जोडी पटेल र आदिल जग्मागिया गत मंगलबार काठमाडौं आएका थिए ।

नेपाल आएका बेला अभिनेता सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नास्ता गर्ने तालिका रहेको गोरखा ब्रुअरीले जानकारी दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com