वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे निरिक्षण गर्न अनेरास्ववियुको एक टोली सीमाक्षेत्र पुगेको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले एम.टि.भि नेपाललाई जानकारी दिए ।
छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि उक्त कार्यमा एक्यबद्दता जनाउन अखिल त्यहाँ पुगेको आचार्यले जनाए । टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शन समेत गरिएको अध्यक्ष लामाले बताइन् । अध्यक्ष लामासहित उपाध्यक्ष सुनित बराल, सचिव आरती लामा सचिबालय सदस्यहरु उमेश आचार्य, सुदिप शर्मा, कनिष पटेल, श्याम प्रजापती, मोती बिक सहितको १० जनाको टोली गएको हो ।
तीन सय ९२ को ६, ७, ८ र ९ नंको सहायक पिलर नेपाली भूमि मिचेर लगाउन लागेको जसकारण लालपूर्जा भएका ५० बिगाहाभन्दा बढी नेपाली भू–भाग भारततर्फ जान लागेपछि सीमास्तम्भ निर्माण कार्य बन्द गर्न अखिलले आग्रह गरेको जानकारी दिए । भारतसँग सीमा जोडिएको पर्साको ११६ किमी क्षेत्रफलमा ४९ वटा जंगे पिलर, ४९ वटा सहायक पिलर ९६१ वटा साना सहायक पिलर गरी कूल एक हजार ५९ सीमास्तम्भ रहेको नापी विभागले जनाएको छ । सन् २०१४ देखि चितवनको बाल्मीकि नगरबाट सीमाङ्कन कार्य शुरु भएपछि हालसम्म नेपाल पक्षको भागमा परेका पर्साका सबै सीमास्तम्भ नेपाली पक्षले मर्मत वा पुनःनिर्माण गरे पनि भारतीय पक्षले उक्त कार्य हालसम्म पूरा नगरेको नापी विभागका अधिकारीले बताएका छन् ।
भारतीय पक्षले उक्त ठाउँमा ५० बिगाहा सीमा मिचेको भन्दै देशभरि नै प्रदर्शन गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


