सरकारले वैदेशिक रोजगारमा जाँदा म्यानपावरलाई तिर्नपर्ने शुल्क बढाउने निर्णय गरेको खबर झुटो रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभएको छ । हामीसंगको टेलिफोन कुराकानीमा दाहालले भन्नुभयो “त्यस्तो केहि निर्णय भएको छैन । अहिले छलफल नै चलिरहेको छ यस विषयमा । ”
वेदेशिक रोजगार व्यवसायीहरुको सेवा शुल्क नतोकिदा वैदेशिक रोजगार व्यवसायमा मनपरि थियो । यतिसम्म कि सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकट नितिमाथी नै टेकेर उनिहरुले आफै भिसा खरिद गरेर बाहिर जाने कामदारहरुसंग मनपरि शुल्क असुल्ने गदर्थे । त्यो पनि अनाधिकृत रुपमा । त्यो कारोबारको न उनिहरुले बिल काट्थे न कामदारले बिल पाउँथे । यस हिसाबले वैदेशिक रोजगारको क्षेत्रमा विकृति मौलाएको थियो । कुनै कामदार ठगिएको खण्डमा न उसले न्याए पाउने आधार हुन्थ्यो न त राज्यले म्यानपावरबाट ट्याक्स नै पाउँथ्यो । तर मिडियामा शुल्कको कुरा आउँदा अब भने केहि सुधार हुन्छ कि भन्ने संकेत देखिएको थियो तर त्यो निर्णय पनि झुटो रहेको पाईएको छ ।
अहिले म्यानपावर व्यवसायीले वैदेशिक रोजगारमा जाने कामदारहरुबाट मनपरि शुल्क लिँदै आएका छन् । सरकारले साँच्चिकै यो निर्णय गरेको भए वैदेशिक रोजगारमा जाने कामदारहरुले एक महिनाको पारिश्रमिक बराबरको सेवा शुल्क म्यानपावरहरुलाई बुझाउनु पर्ने थियो । अर्थात उक्त कामदारको एक महिनाको तलब बराबरको सेवा शुल्क मात्रै मेनपावरहरुले लिन पाउने थिए । त्यो रकम कमसेकम एउटा आधिकारिक शुल्कका रुपमा त मानिने थियो तर अहिले कामदारले त्यो रकमको कयौं गुणा बढी रकम तिरिरहन बाध्य छन् त्यो पनि बिना प्रमाणको । जसले भोली अन्यायमा परेको खण्डमा न्याय पाउने आधार हुने हुँदैन । तर यतिका विकृति मौलाईरहँदा पनि सरकारले अहिले वैदेशिक रोजगारलाई व्यवस्थित कुनै पनि ठोस पहल चालेको देखिदैन ।

English
MTV NEPAL MTVNEPAL


