ऐना नै धमिलिएपछि कसरी देखिन्छ सफा चित्र,, राज्यको चौथो अंग नै बिकाउ बन्दै

सञ्चार क्षेत्र यस्तो क्षेत्र हो, जसले राज्य संयन्त्रका तीनै निकायलाई नै झक्झकाउने,सचेत गराउने, विकृति विरुद्ध पहरेदारी गर्ने र आवश्यक परेको खण्डमा दिशानिर्देश समेत गराउने सामथ्र्य राख्दछ । त्यसैले पनि यसलाई राज्यको चौथो अंग मानिन्छ ।

जनता देखि राज्य सम्म जोडिने सबै निकायसंग यसले प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यसले राज्य संयन्त्रका काम कारबाहीलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्छ ।
कहाँ के भईरहेको छ ? कसरी भईरहेको छ भन्ने हरेक सुचना÷ तथ्यको सबै निकायसम्म जानकारी पु¥याउने भएकाले पनि यसको अत्ति नै महत्व छ । एक हिसाबले भन्ने हो भने यो समाजको ऐना हो तर पछिल्लो समय राज्यको चौथो अंग ÷ऐना नै धमिलिदै गएको छ । ऐना धमिलिएपछि चित्र सफा कहाँ देखिन्छ र ?

समाज जस्तो छ , त्यस्तै तस्वीर देखाउने सञ्चार माध्यम अहिले गलत दिशातिर लम्केका छन् । समाज राष्ट्रलाई सजक बनाउन लागि पर्ने सञ्चार माध्यम नै ब्यापार बनेका छन् । अनि यी क्षेत्रमा काम गर्ने ब्यापारि …. स्वच्छ निष्पक्ष सुचना ÷समाचार संप्रेषण गर्ने पत्रकार अहिले यो क्षेत्रलाई बदनाम गराउने मोलमोलाईमा लागेका छन् । कसैप्रति पक्षपात नगर्नुपर्ने मिडिया आफैं ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार प्रवाह गर्ने गलत प्रवृत्तिमा लागेका छन् । नेपाली सञ्चार माध्यम अहिले कर्तव्यच्यूत बन्दै व्यापारिक स्वार्थका लागि तथ्यहीन समाचार संप्रेषणमा लागिपेरका छन् ।

बैंकिङ क्षेत्रमा जस्तै राज्यको चौथो अंग नै अंगिकृतहरुको हातमा …

हामीले नेपालको अर्थतन्त्र अंगिकृतहरुको हातमा परिरहेकोमा पिरलो मानिरहँदा यी सबै विकृतिलाई सजक बनाउनुपर्ने जिम्मेवारी पाएका नेपालका सञ्चार माध्यम पनि तिनै अंगिकृतहरुको हातमा रहेको कुरा धेरैलाई थाहा छैन होला ।

नेपालको अर्थतन्त्र मात्रै होइन सञ्चार जगत पनि आफ्नो मुट्ठीमा पारेका छन् अंगिकृतहरुले । अहिले नेपालका प्राय ठुला ,नाम कहलिएका मिडियाहरुमा अंगिकृतहरुकै लगानी छ । अन्य क्षेत्रमा गरेका आफ्ना कर्तुतलाई ढाकछोप गर्ने भाँडोका निमित्त ती मिडिया परिचालित भएका देखिन्छन् ।
जनताहरुलाई सत्य तथ्या सुचना दिनु नभई आफ्नो स्वार्थ पुर्तिका लागि ती मिडिया खोलिएका छन् । जसले प्रायोजित बाहेक अरु समाचार लेख्दैनन् , जनतालाई भ्रम फैलाउने बाहेक उनिहरुको अरु लक्ष्य केहि छैन । आफु लगाएत आफ्ना निकटहरुका कर्तुतलाई बाहिर आउन नदिनु नै ती मिडियाको प्रमुख उद्देश्य हो ।

नभए जम्मा तीन करोड मात्रै जनसंख्या भएको देशमा च्याउ उम्रेसरी मिडिया किन खोलिएका छन् त ?
सूचना विभागको तथ्यांक नै हर्ने हो भने हाल नेपालमा १,२९४ रेडियो, २४० टेलिभिजन, ३,१९६ अनलाईन, ७,९११ पत्रिका छन् । भारत र चिन जस्तो विशाल मुलुकको बिचमा रहेको यो सानो देशमा के साँच्चिकै यति धेरै मिडियाको आवश्यता छ त ?
त्यस्तै दर्ता नभएका यस्ता सञ्चार माध्यम पनि थुप्रै छन् । तर प्रायः समाजको विकृति विरुद्ध पहरेदारी होईन स्वयंम विकृति फैलाउने माध्यम बन्दै गएका छन् ।

नभए नेपालको विज्ञापन बजारले यी मिडियालाई धान्न सक्छ त या धानिरहेको छ त ?

अरु त कुरै छाडौं कतिपय मिडियाको सञ्चालक को ? लगानी कसरी कुन क्षेत्रबाट र किन गरिएको भन्ने नै स्वयंम सञ्चार मन्त्रालयलाई नै हेक्का छैन । न यसमा मन्त्रालयले अध्ययन गरेको छ न त चासो नै राखेको छ ।

यसबाट प्रष्ट हुन्छ कि मिडियाको मुल्य मान्यता जोगाउन नभई ‘स्वार्थ समूह’ लगानी गरेका मिडिया जो व्यापारी, धार्मिक समुदाय, विभिन्न राजनीतिक दल, गुटसंग जोडिएका छन् उनिहरुकै कारण नेपालको सञ्चार जगत धमिलिदै गएको छ ।
कुनै व्यापारिक घराना छ उस्को आफ्नै मिडिया , कुनै पार्टी छ उस्को आफ्नै मिडिया, कुनै नेता छ उस्को आफ्नै मिडिया अनि कसरी स्वस्थ हुन्छ नेपालको सञ्चार जगत ?

न मिडिया मालिक प्रष्ट छन् आफ्नो उद्दश्यमा न उनिहरुको अन्डररमा रहेकालाई सञ्चार कर्मको महत्व थाहा छ न त मतलब नै छ पत्रकारिता आचारसंहिताको …बस् मालिकले जे लेख भन्यो छ त्यहि लेख्यो । त्यो तथ्य सही हो या गलत । त्यसले भोली समाज,राष्ट्रमा कस्तो प्रभाव पार्छ न उनिहरुले भेरिभाई गर्न ध्यान दिन्छन् न त ती लगानीकर्ताले त्यसो गर्न अनुमति नै । यी मिडिया केवल प्रचारका लागि, प्रोपागान्डाका लागि मात्रै प्रयोग हँुदै आईरहेका छन् ।
अनि कसरी पारदर्शि हुन्छ सञ्चार जगत अनि कसरी पाउँछन् जनताले सत्य तथ्य सुचना ?
समग्रमा हेर्दा नेपालका संचार माध्यम र पत्रकार कसैको इन्ट्रेस्ट पूरा नगरी पत्रकारिता गर्नै नसक्ने अवस्थामा पुगेका देखिन्छन् । यसरी बार्गेनिङ सञ्चारमाध्यले नेपाललाई सिध्याउने अंगिकृतहरुको खेलमा मन्द विषको काम गरिरहेका छन् । त्यसैमा कतिपय मिडियाहरु त कपी पेष्ट पत्रकारितमै बिलिन छन् । विशेषगरि अनलाइन ’कपी–पेस्ट’को विकृति देखिन्छ । यस्ता मिडियाले कुनै पनि कुराको सत्यतथ्य नै नखोतली कुनै नाम चलेको मिडियामा जे आएको छ त्यसैलाई जस्ताको त्यस्तै सम्प्रेशण गर्ने गरेका छन् ।

त्यसैमा ओटीटी जस्ता प्याटफर्मले जलप लाईदिने काम गरिरहेका छन् । फेसबुक ,ट्विटर,युट्युब ,इन्स्टा, टिकटक लाइयतका विभिन्न ओटीटी प्यालटफर्म जहाँ सर्वाधिक सर्वसाधारणको सक्रियता छ त्यस्ता माध्यमले यस्ता विभिन्न राजनैतिक तथा व्यपारिक स्वार्थ पुर्तिका लागि खोलिएका सञ्चारमाध्यमलाई झन् आफ्नो उद्देश्य प्राप्तिमा सहजता प्रदान गरेका छन् ।
यस्ता माध्यमबाट सुचना तथा समाचार सम्प्रेशण गर्दा छोटो समयमै धेरै माझ पुग्ने भएकोले पनि उनिहरुलाई आफुलाई जोगाउन सहज भएको देखिन्छ ।

यस्तो विकृति मौलाईरहँदा सुचना तथा प्रशारण विभाग बोल्न चाहाँदैन । हामीले पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्बन्धित अधिकारीको फोन नै उठेन । यसमा सम्बन्धित निकायको मौनताले स्वार्थ समुहको यस्तो धन्दामा सरकारी अधिकारीको पनि हात छ कि ?

नभए आज स्वार्थका लागी मिडिया खोलेका लगानीकर्ताले मिडियालाई केवल कालो धनलाई सेतो बनाउने सहज माध्यम बनाईरहेका छन् । मिडिया बदनाम भएपनि उनिहरुलाई केहि फरक पर्दैन तर उनिहरुका अन्य अपारदर्शि आयका श्रोतहरु बाहिरिनुभएन ।
यति हँुदा पनि विभागले खै त निगरानी गरेको ? लगानीको श्रोत खोज्नु पर्दैन ? मिडियामा लगानिको मापदण्ड तोक्नुपर्दैन ?

पत्रकारिताको खोल ओडेर अरू नै धन्दा मौलाइरहेको छ । यसमा सञ्चार मन्त्रालयको ध्यान गएको छ ? माइक समात्यो , क्यामेरा बोक्यो पत्रकार भईहाल्ने । दक्षता हेस् नहोस् पत्रकार बन्ने ट्रेन्ड नै चलेको छ । विभागले पत्रकारको योग्यता तोक्नुपर्दैन ? अरु विषयमा दक्ष हुन निश्चित योग्यता चाहिने अनि पत्रकार बन्न चाँहि नचाहिने किन?

यस्तो पवृतिलेले पत्रकारिता जगतकै अविश्वसनिय बन्दै गएको छ । अहिले सर्वसाधारणले सामाजिक सञ्जाल र ठुलाठुला मिडिया पनि अहिले एकै दर्जामा हृर्न थालेका छन् । नेपालमा न त मिडिया व्यापारिक स्वार्थबाट मुक्त छन् न त पत्रकारहरु नै राजनीतिबाट अछुतो । कन्टेन्टमा कसैलाई वास्ता छैन बस् पैसा कहाँ÷को बाट आएको छ सोही अनुरुप समाचार बन्ने गरेका छन् । यसले कसरी सञ्चार धर्म पुरा हुन्छ ? यसले कसरी हुन्छ त्रिपक्षिय न्याय ? कसरी संप्रेषण हुन्छन् त्रिपक्षिय समाचार ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com