समानुपातिकको मतगणना अन्तिम चरणमा अब ४ जिल्लाको मात्र नतिजा आउन बाँकी

२९ मंसिर । दुई चरणमा गरि सम्मपन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७३ जिल्लामा मतगणना कार्य सकिएको छ । बाँकी ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेका जिल्लामा सुनसरी निर्वाचन क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी रहेको छ । परिणाम अनुसार, नेकपा एमालेले ३० लाख ४ हजार ७ सय २२ मत, नेपाली कांग्रेसले २९ लाख ३१ हजार ६ सय ९२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ५ हजार २ सय ९१ मत पाएका छन् ।

यसैगरी संघीय समाजवादी फोरम, नेपालले ४ लाख २५ हजार ५ सय ८८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ९७ हजार ८३, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ३५७, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार ५८, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार ५ सय ६ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीले ५२ हजार ८ सय ६६ र अन्य दलले ३ लाख २४ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६९३ र अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेको आयोगका प्रवक्ता नवराज ढकालले जनाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com