सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को अवरोध

कञ्चनपुरको बेलौरीमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ ।

पुरानो सडकलाई नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएपछि सरघाट क्षेत्रमा सडक विस्तार थालिएको हो । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको छ ।

स्थानिय ६५ वर्षीय कृष्णप्रसाद शर्माले लालपुर्जा देखाउँदै आफ्नो जग्गामा बाटो निर्माण गर्दा एसएसबीले रोकेको बताए । नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षबाट अवरोध हुनु सरासर दादागिरी भएको स्थानीय पल्लव भट्टले बताए ।

नगरपालिकाले सीमा सर्वे टोलीदेखि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइसकेको छ ।

भारतीय सीमा सुरक्षा बलका कमाण्डेट (इन्स्पेक्टर) एसके सिंहले विवाद सामान्य भएको बताए । दशगजा मिचेर सडक बनाउन थालेपछि अवरोध गरेको स्विकार गरे ।

भारतीय पक्षले सीमा विवाद समाधान भएपछि मात्र सडक विस्तार गर्न दिने बताएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com