दोस्रो त्रैमास सकिदा ९ बैंकहरुको मुनाफा अर्व बढि

सबै वाणिज्य बैंकहरुले आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । जसअनुसार, नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । दोस्रो त्रैमासमा नौ वटा बैंक अर्वपति क्लबमा प्रवेश गरेका छन् ः
नविल बैंक लिमिटेड
नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नविलले एक अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ६५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ६३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १४ करोड ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ९७ करोड १५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १० करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ५८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब दुई करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले ९० करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोसो त्रैमासमा एक अर्ब एक करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ९२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ७४ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७२ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ६७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकले ७० करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com