embryo

लिंग पहिचानसम्बन्धी गर्भपतनले विकृति ल्यायो

असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।  बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रममा वक्ताले लिंगको पहिचान गर्ने कार्यले बढी गर्भपतन गराइने समाजमा विकृति उत्पन्न भएको धारणा व्यक्त गरे ।

सो अवसरमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलले कानूनले निर्दिष्ट गरेअनुसार सुरक्षित गर्भपतन गराउन आग्रह गरे । मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बाल यौन शोषणका अपराधीलाई कानूनको दायरामा ल्याउने कार्यमा सहयोग गरिने बताए ।  विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले असुरक्षित गर्भपतनबाट हुने जोखिम तथा भविष्यमा हुने असरका सम्बन्धमा युवालाई शिक्षित गराउनुपर्ने बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com