यसरी फुक्यो अध्यादेशको गाँठो

राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् । सरकारले कात्तिक ६ गते नै राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश निर्वाचन प्रणालीका विषयमा ठूला दलबीच हानथापका कारण रोकिँदै आएको थियो । एमाले र कांग्रेसबीच राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय पद्धतिबाट गर्ने कि बहुमतीयबाट भन्ने विवादसँगै गतिरोध लम्बिइरहँदा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र शीर्ष नेताबीच चरणबद्ध वार्तामार्फत विवाद हल गराएका थिए ।

‘दलहरूबीच विवाद र गतिरोध अन्त्यका लागि मैले राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेको हो,’ शीतलनिवासमा शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटपछि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने र नयाँ सरकार गठनका लागि वातावरण बन्ने मेरो अपेक्षा छ ।’ राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको एक घन्टा लामो छलफल मुलुकको विद्यमान राजनीतिक परिस्थिति र भावी सरकार गठनलगायत विषयमा केन्द्रित थियो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com