नेपाल राष्ट्र बैङ्कबाटै “क” वर्गको मान्यता पाएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल राष्ट्र बैंकको नियमकै मजाक बनाएको छ ।
बैङ्क तथा वित्तिय संस्था सम्बन्धी ऐन–२०७३ को परिच्छेद ७ को बुँदा नं ४९ मा बैङ्क तथा वित्तिय संस्थाले बैकिङ्ग कारोबार गर्न सक्ने भनेर भनिएको छ जस्को १ मा यो ऐन ,प्रबन्धपत्र र नियमावली राष्ट्र बैंकले तोकेको सीमा ,शर्त वा निर्देशनको अधिनमा रही “क” वर्गको बैङ्कले देहाय बमोजिमको बैकिङ्ग तथा वित्तिय कारोबार गर्न सक्नेछ भनि उल्लेख गरिएको छ ।
उक्त ऐनको “च” मा नै आफु कहाँ पहिले नै धितो रहिसकेको अचल सम्पत्तिको मुल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य बैङ्क का वित्तिय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुन ः धितोमा त्यसको मुल्यले खामेसम्मको रकम कर्जा दिने भनिएको छ ।
अर्थात नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको मान्यता पाएका बैङ्कबाट कुनै ग्राहकले कर्जा लिँदा उसको पहिले नै उक्त बैङ्कमा धितो रहेको अचल सम्पति (पछि कुनै कारण बस उक्त ऋणीले ऋण तिर्न नसकेको अवस्थामा ) सो सम्पत्तिले उक्त ऋण चुक्ता हुन सक्ने अवस्था हुनु प¥यो कि त उसको चल अचल सम्पति अन्य बैंक तथा वित्तिय संस्थामा धितो राखिएको छ भने पनि उक्त सम्पत्ति पुनः धितोमा राख्दा त्यसले भ्याय सम्मको (पछि ऋण चुक्ता हुने सम्मको ) भए मात्रै बैङ्कबाट कर्जा पाईने भयो नभए पाईदैन ।
तर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल राष्ट्र बैंकको ऐन माथि नै टेकेर स्मार्ट सेल नामक टेलिकम कम्पनिलाई ७ अर्बको ऋण प्रवाह गरेको छ । त्यो पनि जम्मा १५ करोडको मात्रै सम्पति देखाएको भरमा । आखिर किन ? के राष्ट्र बैंकको नियम गरिब दुखि जनताहरुका लागी मात्र हो । देशमै केहि काम गर्छु भन्ने एक साधारण जनता केहि रकम ऋण लिन बैंक जाँदा बैंकका कर्मचारीले १० पुश्ते विवरण हेर्छन । यत्ति रकम ऋण लिने बित्तिकै भागिहाल्छ कि झैं व्यवहार गर्छन ।
अरुलाई ऋण प्रवाह गर्दा व्यक्तिको चल अचल सम्पत्तिको मुल्यांकन गरि त्यसको केवल ४० प्रतिशत मात्र ऋण प्रवाह गर्छन बैंकले …कम्पिनिको हकमा पुर्ण मूल्यांकनको केवल २५ प्रतिशत मात्रै ऋण प्रवाह गरिन्छ ।
तर यहाँ स्मार्ट सेललाई भने नियमविपरित मुल्यांकनको ४६ गुणा बढी ऋण प्रवाह गरेको छ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले । के राष्ट्र बैंकलाई यसको हेक्का छैन ? हात्तीको देखाउने दाँत एउटा चपाउने दाँत अर्कै भने झैं के राष्ट्र बैंकको नियम पनि व्यक्ति ÷ कम्पनि पिच्छे फरक फरक निधारण गरिएको छ हो ?
बैंकबाट लिन खोजिएको ऋणको ४÷५ गुणा बढीसम्मको सम्पति धितो राख्नु पर्छ भन्ने नियम अरुलाई लगाउँछ बैंकले तर जुन कम्पनिले राज्यलाई अर्बौ बक्यौता समेत तिरेको छैन उक्त स्र्माट सेललाई मुल्यांकनकै ४६ गुणा भन्दा बढी ऋण प्रवाह आखिर किन ?
एउटा सामान्य व्यक्ति ”“खाता खोल्न जाँदा १० ठाउँमा सहि गर्न लगाउछ बैंकले तर स्मार्ट सेललाई ७ अर्बको ऋण प्रवाह गर्दा के हेरेर दियो ?
राष्ट्र बैंकको उक्त ऐनकै “न” मा विपन्न वर्ग , न्युन आए भएका परिवार, दैविप्रकोप पिडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानका लागि व्यक्तिगत वा सामूहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको कर्जा दिने भनेर उल्लेख छ ।
कर्जा अनि विपन्नको आर्थिक उत्थान त सपना नै हुन्छ त्यस्ता विपत पर्दा बरु व्यक्ति विशेषले सहयोग गर्छन तर कुनै पनि बैंक तथा बित्तिय संस्थाले सहयोग गरेको देखिदैन ।
“क” वर्गकै अर्को बैंक एनआईसी एसियाको कर्तुत त झन भनि साध्य छैन ……
केहि दिन अघि नेपाल राष्ट्र बैंकबाटै मान्यता प्राप्त अर्को बैंक एनआईसी एसियाले गरेको कर्तुत त झन् भनि साध्य छैन । “क” वर्गको उक्त बैंक सुर्खेत जुम्लारोड ब्रान्चले सोझा साझा दुई व्यक्तिहरुलाई विभिन्न प्रलोभन देखाई खाता खोल्न लगायो । बैंक बाटै ती व्यक्तिको खातामा पैसा राखिदिने बतायो ।
आखिर के कारणले त ? ती व्यक्तिलाई पनि यसबारे कुनै सुईको थिएन तर त्यसको केही समयभित्र साँच्चिकै ती दुई व्यक्तिको खातामा बैंकले ९÷११ लाखका दरले पैसा राखिदियो । हेर्दा ठयाक्कै फिल्म जस्तो देखिन्छ यो घटना…. एक्कासी खातामा यति धेरै पैसा आउँदा आश्चर्य लागेका ती व्यक्तिलाई बैंकले अफिसमा आउन भन्यो ।
कुरा त यहाँ रहस्यमय छ किनकी बैंकले ती व्यक्तिहरुलाई कुनै अफिस टाईममा बोलाएको थिएन । अफिस बन्द भईसकेपछि करिब ६ बजेतिर परिवार लिएर आउन भन्यो । ती सोझा साझा व्यक्ति पनि बैंकले भने जसरी नै आफ्नी जहानलाई लिएर त्यँहा पुगे । बैंकले दुवै दम्पतिलाई कुनै पेपरमा सहि गर्न लगायो । बैंकको यस्तो हर्कतदेखि पुर्ण अनविज्ञ ती दम्पतिले खुरुखुरु सहि गरेर फर्किय । त्यसको साँझ पो बैंकको असली कालो कर्तुत बारे ती व्यक्तिाई हेक्का भयो । जतिबेला ति ब्यक्तिको खातामा बैंकले स्वयंम राखेको पैसा उनिहरुले ऋण लिएको हो भनेर मोबाईलमा म्यासेज आयो ।
एक रुपैंया उक्त बैंकबाट ऋण नलिएका व्यक्तिालाई लाखौको ऋणको भार आईलाग्योे । यसले त्यो साधारण परिवारको हालत के भयो हो कल्पना गर्नुहोस् त ।
यी दुई घटनाको बारेमा मिथिला नेपाल टेलिभिजनको टिमले बुझ्न खोज्दा ……….
स्मार्टसेल सम्पर्कमै आउन चाहेन ।
यस घटना पछि हामीले स्मार्ट सेलका आधिकारी व्यक्तिहरुसंग सम्पर्क गर्न खोज्यौ तर कोही पनि सम्पर्कमा आउन चाहेनन । स्मार्ट सेलका सिइओे सर्वेश जोशीले मिडियाको फेन भन्ने थाहा पाउने वित्तिक्कै फोन । यता नेपाल टेलिकमले अशोसियसनले पनि यसबारे बोलेन
वास्तविकता बुझ्न नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकलाई सम्पर्क ग¥यौ तर कोही अधिकारी बोल्न चाहेनन् । डेपुटी जनरल मेनेजर विजेन्द्र सुवालसंग कुरा गर्दा झर्को माने जसरी बाले उनले भने “हामीले त्यसरी कस्टुमरको बारेमा त्यसरी बोल्न मिल्दैन” ………..
यस्तो गैर जिम्मेवार जवाफ दिन मिल्छ उहाँले ?
यता एनआईसी एसिया बैंकको कर्तुको वास्तविकताका लागी हामीले एनआईसी एसिया सुर्खेत ब्रान्चमा सम्पर्क गर्ने कोशिस ग¥यौ । टेलिफोन कुराकानीमा सुर्खेत ब्रान्चका मेनेजर अशोक कुमार तिमल्सिनाले आफु ब्रान्चमा हाजिर भएको दुई दिन मात्रै भएको भन्दै आफुलाई यसबारेमा कुनै जानकारी नभएको भन्द्र ब्रान्चका पुर्व मेनेजरसंग बुझ्न भने ।
हामीले पुनः पुर्व मेनेजर बिनोद जैसिलाई फोन ग¥यौ । पटकपटकको टेलिफोन प्रयासपछि मेनेजर जैशीसंग कुराकानी भयो । उनले बैंकको केन्द्रिय शाखाको अनुमति बिना हामीले बोल्न नमिल्ने बताए । उनले भने “ हामीले यसरी केन्द्रिय शाखाको अनुमति बिना बोल्न मिल्दैन । त्यै पनि यो घटना हाम्रो ब्रान्चमा नभई जुम्लारोड ब्रान्चमा भएको हो । ”
म्यानेजर जैशी संगको कुराकानी पछि हामीले एनआईसी एसियाको जुम्लारोड शाखाका मेनेजर विश्व भारतीसंग टेलिफोन सम्पर्क गर्ने कोशिस ग¥यौ । उनले हामीले यसरी बोल्न नमिल्ने भन्दै केन्द्रिय कार्यालयको निर्देशन अनुसार बाल्नुपर्ने भन्दै । एकचोटी केन्द्रिय कार्यालयमै यसबारेमा बुझ्न आग्रह गरे ।
घटना भएको ब्रान्चबाटै केन्द्रिय कार्यालयको संकेत आएपछि हामीले यसको वास्तविकता पहिल्याउन एनआईसी एसियाको केिन्द्रय कार्यालयमा सम्पर्क ग¥यौ । पटक पटक फोन गर्दा पनि आधिकारीक व्यक्ति बोल्न मानेनन् । पुन ः शाखाको ल्यान्डलाई नम्बरु थ्रु सम्पर्कमा जाने कोशी समेत ग¥र्यौ । तर फोन ७÷८ मिनेट सम्म कर्मचारी बिच ट्रान्सफर त भयो तर आधिकारीक व्यक्तिसम्म पुगेन ….
दुवै घटनाका विषयमा राष्ट्र बैंकको गैर जिम्मेवार जवाफ
यतिका व्यक्ति ÷ निकायको टेलिफोन सम्पर्क पछि यी दुवै घटनासंग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्दा राष्ट्र बैंकको जवाफले झन् हामीलाई आश्चर्यमा पा¥यो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अत्यन्तै गैर जिम्मेवार जवाफ दिएर पन्छिन खोजे । राष्ट्र बैंकको प्रवक्ता डा. भट्टले यस विषयमा खुलेर बोल्नै मानेनन् । उनले भने “मैंले यो विषयमा बोल्ने होईन भन्दै अर्को शाखामा सम्पर्क गर्नुस् । ” पटक पटक सोधपुछ गर्दा पनि उनि स्पष्ट रुपमा नबोली नै पन्छिए ।
त्यसो भए प्रवक्ताको काम के हो त ? राष्ट्र बैंकले नै मान्यता दिएका बैंकले त्यस्तो गैर जिम्मेवार कर्तुत गर्दा राष्ट्र बैंक नै नबोले यस विषयमा बोल्ने को त ? कि त राष्ट्र बैंकको निति केवल नाम मात्रको हो ?
क वर्गका बैंकको गति यस्तो छ । ख ,ग, घ, वर्गका बैंक तथा वित्तिय संस्था पनि गरिबको खुन पसिना चुसेर ठुलाबडालाई मोटाउन तल्लिन छन् ।
विभिन्न प्रलोभन देखाउँदै , दुख कष्ट गरेर घर खर्च कटाएर अलिअलि भनेर बचत गरेको पैसा समेत लिएर भाग्छन् बित्तिय संस्था ।
बैंकिंग नियम केवल ठुला ठुला कम्पनि अनि धनाड्यको उत्थानका लागी लागेको देखिन्छ । उनिहरुको सहजताका लागी निति नियम नै फेरिनछन् पटक पटक । उनिहरु ऋण लिन बैंकमा पनि पुग्नु पर्दैन । बैंकहरु आफै ऋणको अफर गर्दै उनिहरुको दैलोमा पुग्छन् । ऋण लिन आग्रह गर्छन । जनता भने बैंकमै पुगेर अनुनय विनय गर्दा पनि ऋण पाउदैनन् ।
स्मार्ट सेल मात्रै होईन चौधरी ग्रुप, भाट्भटेनि, बिगमार्ट ,गोल्यान समुह ,,डाबर नेपाल,, जस्ता अन्य धेरै उद्योग तथा धनाड्य व्यवसायीका लागी मात्र नेपालका बैंकहरु समर्पित छन् । नेपालमा अंगिकृत भारतिय व्यापारीले बैंकलाई मात्रै नभई देशलाई खोक्रो बनाईरहेको छन् । बैंकिगं निति नियमले नै नेपालीलाई ती अंगिकृतहरुको केवल कामदार बन्नु बाहेक माथिको हैसियत बनाउन दिएका छैनन् ।
यी नै अंगिगृत व्यवासायीको पकड र ठुलाबडा केन्द्रित बैंक बित्तिय संस्थाकै कारण ईलामका एक युवा व्यवासीले बानेश्वरमा आफ्नै शरिरमा पेट्रोल खनाई आत्मदाह गरेको कुरा विधितै छ । राज्य नितिका कारण विरक्तियर सबैकुरा त्यागेर आफ्नो जिवनको अल्पायुमै अन्त्य गर्ने उनि त केवल एक देखिएका प्रतिनिधि पात्र मात्र हुन । हाम्रो देशमा त्यस्ता लाखौं युवा छन् । जो राज्यको नितिनियमकै कारण मानसिक रोगको शिकार हुन पुगेका छन् । दिनँहु हजारौंको संख्यामा युवाहरु पलाएन भईरहेको छन् । ती युवाका लागी कुनै पनि बैंक तथा बित्तिय संस्थाले कुनै पहल गरेका छैनन् बरु देशलाई नै अंगिकृत भारतियको हातमा सुम्पिन ठिक्क छन् नेपालको वित्तिय निथि तथा राज्य संयन्त्र ।

English
MTV NEPAL MTVNEPAL


